मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको निधन भएको छ। आइतवार बिहान दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान दुर्घटनामा परेको हो। \
बिहान एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विमान दुर्घटनामा भएको क्षतिबारे थप विवरण आउन बाँकी रहेको र यसबारे सेनाले थप अनुसन्धान गर्ने बताइएको छ।