April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दिगो विकासका लागि महिला सहभागिता आवश्यकः जेष्ठ नागरिक मन्त्री महतो

5.2K

लण्डन- महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुदृढिकरणका निम्ति महिला शिक्षा आवश्यक रहेको बताउनु भएको छ । गैर–आवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) को महिला बिभागको संयोजनमा आयोजना गरिएको “महिला शिक्षा, सशक्तिकरण, नेतृत्व, र क्षमता विकास” बिषयक भर्चुअल कार्यक्रममा मन्त्री महतोले राष्ट्रले अंगिकार गरेको दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न र लैंगिक समानताको प्रत्याभुति दिलाउन महिला शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

अधिकांश ग्रामिण भेगमा अन्धविस्वासका कारण महिला अधिकारको क्षेत्रमा परिवर्तन आउन नसकेको बताउदै मन्त्री महतोले अरुको देखासिकी गर्ने प्रवृत्ति नारी सशक्तिकरणका लागि अभिशाप भएको बताउनु भयो ।

https://youtu.be/AUCym6-zmFo

Advertisement

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन् २०१८ कि मिस नेपाल श्रृङखला खतिवडा, सृष्टि केसी, सृजना काफ्ले लगायतले महिला सशक्तिकरणको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

एनआरएनए यूके महिला संयोजक प्रशुना कँडेलले संचालन गर्नुभएको कार्यक्रममा राखिएका जिज्ञासाहरुको मन्त्री महतोले सहजिकरण गर्नुभएको थियो ।