November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बेलायतकी महारानी एलिजावेथ र राजकुमार फिलिपले लगाए कोरोना खोप

4.1K

लण्डन–बेलायतकी महारानी एलिजावेथ द्वितिया र उनका पति राजकुमार फिलिपले कोभिड खोपको पहिलो डोज लिएका छन्। उनीहरु बस्दै आएको विन्डसोर क्यासलमै खोप लिएको बकिङघम दरबारले जनाएको छ।

बेलायतमा कोभिडविरुद्धको खोप गत महिनादेखि  नै वितरण सुरु गरिए पनि ९४ वर्षीया महारानी र ९९ वर्षीय राजकुमार फिलिपले आफ्नो पालो पर्खिएरै खोप लगाएका हुन्।  खोपका लागि बेलायत सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार ८० वर्षमाथिको उमेर समूहको पालोमा उनीहरुले खोप लिएका हुन्।

कोभिड खोपका विषयमा सर्वसाधारणमा कुनै आशंका र अन्योल बाँकी नरहोस् भन्ने उद्धेश्यले महारानीले खोप लगाएको सूचना सार्वजनिक गरिएको दरबारले जनाएको छ। 

Advertisement