April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अधिराज्यव्यापी लकडाउनबाट नेपाली राजदूतावासको दैनिक सेवामा असर

8.5K

लण्डन । नयाँ प्रकृतिको कोराना भाइरस संक्रमण तीव्र भएबाट राष्ट्रिय लकडाउन सुरु भएसंगै लण्डनस्थित नेपाली राजदूतावासको दैनिक काम कारवाहीमा पनि असर परेको छ ।

राजदूतावासले ५ जनवरी २०२१ मा एक सूचना सार्वजनिक गर्दै बेलायतवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बेलायत सरकारले जारी गरेका कोरोना संक्रमण रोकथामका नयाँ नियमहरु पालना गर्न अनुरोध गरेको छ ।

जारी लकडाउनको अवधिमा नेपाली राहदानी नविकरण, यात्रा अनुमति पत्र, एनआरएन कार्ड, भिषा एवं कागजात प्रमाणीकरण जस्ता कार्यहरु नरोेकिने भएपनि त्यसका लागि राजदूतावासको वेभसाइटमा भनिए बमोजिम हुलाक मार्फत आवेदन पठाउन पर्ने भएको छ ।

Advertisement

त्यस्तै अधिकृत वारेशनामा र मञ्जुरीनामा लगायतका कामको लागि दुतावासलाई सोझै फोन गर्न सूचनामा भनिएको छ ।

दूतावासद्धारा जारी सूचना जस्ताको तस्तैः