April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए युकेले सम्पत्ति अधिकारका कानुनी झम्झट बारे अन्तरक्रिया गर्ने

२०७९ कार्तिक १४

3.3K

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्ति खरीद बिक्री सम्बन्धी जानकारी दिन कानुन व्यवसायीहरुसँग अन्तरक्रिया गर्ने भएको छ । आइतबार अध्यक्ष सुनिल बाबु खड्काको अध्यक्षतामा बसेको कार्यसमितिको भुर्चअल बैठकले आगामी २७ नोभेम्बरमा नेपाल बार एसोसिएसन पदाधिकारीहरुसँग बौद्धिक तथा कानुनी छलफल गरि सम्पत्ति माथिको अधिकारका बारेमा विस्तृत जानकारी दिन लागेको हो ।

गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्ति सम्बन्धी कानुनी झमेलाका बारेमा जानकारी गराउने उद्देश्यले एनआरएनए युकेले कार्यक्रम गर्न लागेको अध्यक्ष खड्काले जानकारी दिए । उक्त कार्यक्रमबाट बेलायतस्थित धेरै नेपालीहरु लाभान्वित हुने एनआरएनए युकेको अपेक्षा रहेको छ ।

यस्तै, गत अक्टोबर १८ मा अध्यक्षको जिम्मेवारी लिएका अध्यक्ष सुनिल बाबु खड्कासहितको टिमले एनआरएनए युकेको विगत, वर्तमान तथा भविष्यका बारे सम्पूर्ण सदस्यहरुलाई विस्तृत जानकारी गराउन आगामी ६ नोभेम्बरमा भुर्चुअल रुपमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

Advertisement

उक्त कार्यको प्रचार प्रसारका लागि उपाध्यक्षद्वय दीपक श्रेष्ठ र गोविन्द खरेललाई जिम्मेवारी दिइएको छ । एनआरएनए युकेको भौतिक बैठक आगामी २० नोभेम्बरमा बस्नेछ ।