April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायती सभामुख लिण्डसे होयलबीच भेटवार्ता

2.5K

लन्डन । बेलायत भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ । मङ्गलबार बेलायती संसद भवनमा दुईबीच भेट भएको हो ।

लण्डनस्थित नेपाली दूतावासका अनुसार उक्त भेटमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको छ ।

भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी रहेका थिए ।

Advertisement