November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

१९ जना बेलायतका नेपाली साहित्यकार ‘नई रजत पदक’द्धारा सम्मानित

2.3K

लन्डन । १९ जना बेलायतका नेपाली साहित्यकारहरू ‘नई रजत पदक’द्धारा पदकबाट सम्मानित भएका छन् । ११३ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा नेपाली साहित्य विकास परिषद बेलायतले बेलायतमा रहेका नेपाली साहित्यकारहरुलाई ‘नई रजत महोत्सव पदक’बाट सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा विश्वासदिप तिगेला, अजिता सिम्खडा, कामु उप्रेती, कोमल मल्ल, कृष्ण बजगाई, घनबहादुर थापा मगर, दिलीप उप्रेती, पार्वता सिटौला उप्रेती, मञ्जु भण्डारी, डा राजेन्द्र उप्रेती, वसन्त रायक्षेत्री, विजय हितान, सञ्जु बजगाई, सुमना घिमिरे, सुरेश जङ्ग शाह, सोमादेवी घिमिरे, डा सोहन घिमिरे, डा सुधा श्रेष्ठ र हरिसिंह थापा रहेका छन् ।

परिषदले आइतबार लन्डनस्थित ‘द माउन्ट एक्सन’मा एक कार्यक्रमको आयोजना गरि उक्त पदक प्रदान गरेको हो । सम्मानितहरुलाई समारोहका प्रमुख अतिथि, परिषद्का संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले रजत महोत्सव पदक प्रदान गरेका थिए ।

Advertisement

उक्त कार्यक्रममा शताब्दी पुरूष सत्यमोहन जोशीको स्मृतिमा श्रदान्जली अर्पण समेत राखिएको थियो । यस्तै साहित्यकार हरिसिङ थापाद्वारा लिखित उपन्यास र कवितासंग्रह समेत विमोचन गरिएको थियोे ।

कविता वाचन सत्र समेत राखिएको सो कार्यक्रममा साहित्यकार सुरेशजंग शाहले महाकवि देवकोटाबारे बोलेका थिए । कार्यक्रमको सभापतित्व अध्यक्ष मल्लले गरेकी थिइन् भने संचालन डा स्वेच्छा श्रेष्ठले गरेकी थिइन् ।