नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य रहेको छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्सहरूको सेवासुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने आश्वासन दिएका छन्। चौधौं राष्ट्रिय नर्सिङ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,’नर्सहरूको सेवासुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज,नर्सिङ होमहरूमा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ । उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।’ प्रधानमन्त्री...