April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

स्लास एडुकेशन फाउन्डेसनद्वारा ईपीएस उत्तीर्ण गरेका विद्यार्थीलाई मायाको चिनो प्रदान

4.3K

काठमाडौं । स्लास एडुकेशन फाउन्डेसनले ईपीएस अन्तर्गत रोजगारीका लागि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका आफ्ना विद्यार्थीलाई मायाको चिनोस्वरुप बिरुवासहितको माटो प्रदान गरेको छ । शुक्रवार बिहान बिदाई कार्यक्रमको आयोजना गरी चिनो प्रदान गरेको हो ।

ललितपुरलस्थित लगनखेलमा विगत लामो समयदेखि संचालित स्लास एडुकेशन फाउन्डेसन प्रालिले स्काउटको प्राङगणमा आयोजित बिदाइ समारोहका वीच देशको माटो र पर्यावरणको संरक्षणको सन्देश दिन बिदाई भएर गएका आफ्ना विद्यार्थीलाई मायाको चिनोस्वरुप बिरुवासहितको माटो प्रदान गरिएकाे स्लासका सञ्चालक निशेष आङदेम्बेले जानकारी दिए ।

मुलुककमा व्याप्त रहेको बेरोजगारी समस्या तथा आम युवाहरुमा रहेको विदेश मोहलाई लक्षित माटो तथा जलवायु परिवर्तन र प्रदुषणलाई मध्यनजर गर्दै माटो सहितको बिरुवा प्रदान गरिएको सञ्चालक आङदेम्बेको भनाइ छ ।

Advertisement

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“transform”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}

देशमा रोजगारी सृजना गर्ने उद्देश्यस्वरुप सिटीईभिटी अन्तर्गत विभिन्न व्यावसायिक तथा सिपमूलक तालिम सञ्चालन गर्दै आएता पनि हाल तालिम भन्दा धेरै भाषा सिक्न तथा वैदेशिक शिक्षा परामर्श लिन आफ्नाे संस्थामा आउने गरेकाे बताउँदै उनले हरेक वर्ष सयौँको संख्यामा कोरियन भाषा परीक्षा पास गर्ने आफ्ना विद्यार्थीलाई यसरी नै माटो र बिरुवा मायाको चिनो दिने गरेकाे बताए। 

ईपिएस अन्तर्गत रोजगारीका लागि वर्षेनी ठुलो संख्यामा नेपाली युवा दक्षिण कोरिया जाने गरेका छन् । यस वर्षका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत वैदेशिक राजगार विभागले १५ हजार आठ सय ४८ कोटाका लागि आवेदन खुलाएको थियो । साथै विश्वभर वायु प्रदूषणको निगरानी गर्ने स्विट्जरल्यान्डको आईक्यू एअरको सूचीमा बुधवार केही समय नेपालको राजधानी काठमाण्डू विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये एक नम्बरमा परेको थियो । यस सन्दर्भमा मायाकाे चिनाेले सांकेतिक रूपमा प्रदूषण र माटाे संरक्षणका लागि युवाहरूबाट भूमिकाकाे अपेक्षा गरिएकाे पनि आङदेम्बेकाे भनाइ थियाे ।