March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

माल्टामा कार्यरत एक नेपाली बेपत्ता

995

लण्डन । माल्टामा कार्यरत एक जना नेपाली बेपत्ता भएका छन् । तनहुँ जिल्ला ब्यास नगरपालिका दमौली घर भई हाल रोजगारीको शिलसिलामा माल्टा रहेका प्रकाश पन्त गत साता देखि बेपत्ता भएका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)माल्टाका अनुसार पन्त बेपत्ता भएपछि उनकी श्रीमती रविना पन्तले एनआरएनए माल्टामा खोजीको लागि आवेदन दिएकी छन् ।

उनकी श्रीमतीका अनुसार पन्त गत मार्च २५ तारिख काम गर्न गएपछि घर फर्किएका थिएनन् । उनी एक फुड डेलिभरी कम्पनीमा कार्यरत थिए ।

Advertisement

गैरआवासीय नेपाली संघ माल्टाले इमिग्रेसन प्रहरी प्रसाशन र डिटेन्सन सेन्टरमा सम्पर्क गर्दा नभेटिएको जनाएको छ ।