April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

नेपालमा लगानी गर्न देउवाको आह्वान

1.4K

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लगानीका लागि सुरक्षित गन्तव्य भएको बताएका छन् ।

काठमाडौंमा आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले नेपाल सुरक्षित गन्तव्य भएकाले लगानीका लागि आह्वानसमेत गरेका हुन्। 

कांग्रेसकै नेतृत्वमा नेपालमा उदार अर्थनीति अवलम्बन गरी स्वदेशी र विदेशी लगानी खुलाइएको पनि देउवाको भनाइ थियो ।

Advertisement

उनले लगानीकर्ताहरूलाई धेरै कानुहरूले सुरक्षित गरे र नेपालमा उदार करनीतिहरू रहेको पनि बताए।

नेपालमा लगानी गरेका लगानीकर्ताहरूले धेरै लाभ उठएको भन्दै नेपालको कृषि, पर्यटन, जलविद्युत, खानी क्षेत्रमा लगानी गर्ने सम्भावना भएको उनले जानकारी दिए। 

देउवाले भने, ‘नेपालमा लगानी गर्नु लाभदायक छ । नेपालमा लगानी गरेका विदेशी कम्पनीले आफ्नो देशमा राम्रो लाभांश लगेर गएका छन् । म तपाईंहरुलाई नेपालमा लगानी बढाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न आग्रह गर्दछु । हामीहरु पूर्ण सुरक्षाको प्रत्याभुत गर्न तयार छौं ।’

नेपालमा जनसांख्यिक लाभ भएको, भारत र चीनको ठूलो बजार रहेका कारण पनि लगानी गरेर लाभ उठाउन देउवाको आग्रह छ।

धेरै देशका लागि नेपाल लगानी गर्न राम्रो गन्तव्य रहेको उनले बताए।