‘किरात, युमा नै किन ? धर्मको नाम त लुङ, खाम जे राखे भयो, तर सर्वस्वीकार्य हुनुपर्यो’
भगिराज इङ्नामइतिहासकार तथा पूर्व प्रमुख जिल्ला अधिकारी साविक इवा –५, हालको आठराई गाउँपालिका ४ तेह्रथुममा आमा चित्रानी पालुङ्वा र बुबा काजिमान इङ्नामबाट भगिराज इङ्नामको जन्म भएको हो । एमपीए तथा एमए सम्म अध्ययन गरेका इङ्नामले २०३६ सालदेखि जागीर खान सुरु गरी २०७१ सालमा धनकुटाको प्रमुख जिल्ला अधिकारी बनेर अवकास लिएका छन् । तेह्रथुम जिल्लाको सुब्बाङ्गी...