–राजा माबो
अहिले स्थानीय निर्वाचनको चाँप बढेको छ । सबै स्थानीय तहहरुमा को र कस्ता उम्मेरद्वारले आफ्नो दलबाट टिकट पाउने या दिने ? जित पश्चात ती नेताहरुले स्थानीय सरकार कसरी चलाउछन् ? भन्ने अहिले चर्चाको विषय बनेको छ । राजनैतिक दलहरुले चुनावी अभियानलाई तिब्र पार्न थालेका छन् । जब पार्टीहरुको अभियानले तिब्रता पउदै जान्छ तब ‘हिजो देश बनाउनका निम्ती हाम्रो होइन राम्रो रोज्नुपर्छ’ भन्नेहरु पनि कुुनै एउटा पार्टीको या व्यक्तिको अन्धोभक्त हुन सुरु गर्छन् । कुनै एउटा पार्टी या व्यक्तिको निमित्त दिलोज्यानले लागि पर्छन् । कस्ता व्यक्तिले नेतृत्व लिए देश बन्छ भन्ने बिर्सन्छन् । यस्तै हो–हल्ला सुरु भएको छ ताप्लेजुङको सिरिजङगामा पनि । पार्टी हेर्ने वा व्यक्ति हेर्ने भन्ने विषयले यहाँको मतदातालाई निकै नै अफ्ठ्यारो बनाएको छ । जसमध्ये अहिले चर्चामा रहेको नाम हो डा चित्र माबो ।
को हुन डा माबो ?
ताप्लेजुङ जिल्ला सिरिजङगा गाँउकपालिकाको मामाङ्खेमा जन्मिएका डा चित्र माबोले सानै उमेरमा विधावारिधि गरेका हुन् । उनी दुर्गम गाँउमा जन्मिएका एक हिम्मतवाला व्यक्ति हुन् । जस्तोसुकै काम पनि सम्भव छ भन्ने उदाहरण हुन् उनी । गाँउकै लक्ष्मी निमाविबाट अध्ययन सुरु गरेका माबोले श्री सिनाम उच्च मावि सिनामबाट विद्यालय स्तरको पढाई पुरा गरी कन्चनजङ्घा उमावि झापाबाट +२ र पाथिभरा क्याम्पसबाट स्नात्तक सम्मको पढाई पुरा गरेका छन् भने केन्द्रीय क्याम्पस किर्तीपुरबाट नेपाली र राजनीतिशास्त्रबाट स्नात्तकोत्तर सम्मको पढाई पुरा गरेका छन् ।
लामो समयसम्म लक्ष्मी माविमा शिक्षण गरेका माबो सोहि विद्यालयमा एक कार्यकाल व्यावस्थापन समितिको अध्यक्ष पदमा रहेर शैक्षिक क्षेत्रमा समेत अनुभव प्राप्त गरिसकेका छन् । काठमाडौंका क्याम्पसहरुमा प्राध्यापन गरेका माबोसँ राजनैतिक अनुभवहरु पनि छन् । माबो एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला कमिटी सचिवालय सदस्य, राष्ट्रिय प्रतिनिधी बनेका थिए । उनले पार्टीको विभिन्न पदमा रहि काम गरिसेका छन् । नेकपा (माओवादी केन्द्र) सिरिजङ्घाको संस्थापक उपअध्यक्ष, जिल्ला कमिटी सचिवालय सदस्य, राज्य कमिटी प्रतिनिधी, बुद्दिजिवी संगठन प्रदेश –१ को संस्थापक सदस्य समेतको जिम्मेवारी बहन गरिसकेका डा माबो हाल नेकपा (माओवादी केन्द्र) ताप्लेजुङ समन्वय समितिको सदस्य र सिरिजङघा गाउककपालिका कमिटीका अध्यक्ष हुन ।
डा माबोको नेतृत्वको आवश्यकता किन ?
नेपाली राजनीतिमा सक्षम नेतृत्वको अभाव छ । जनताले सक्षम, योग्य र इमान्दार नेतृत्वको खोजी गरिहेको अवस्था छ । आज राजनैतिक विकृतिबीच सिरिजङगा गाँउककपालिकाले सक्षम नेतृत्वको संभावनाको रुपमा डा चित्र माबोलाई लिएको छ । उनको नेतृत्व सिरिजङ्घाको सौभाग्य मात्रै नभएर खस्कदै गईरहेको नेपाली राजनीतिको गरिमालाई बचाउने एउटा अवसर हो । सक्षम नेतृत्वको हातमा राजनीति पर्यो भने अवश्य केहि हुन सक्छ भन्न सकिने विश्वास दिलाउने अवसर र चुनौति हो । गाँउ–गाउँमा सिंहदरवार आएको अनुभुति दिलाउने अवसर मात्र नभएर खराब नेतृत्वलाई समेत सवक सिकाउन सक्ने र समृद्ध सिरिजङ्गाको निर्माण गरि आम जनतालाई सरकार भएको अनुभव दिलाउने अवसर भएकोले सिरिजङगा गाउककपालिकामा माबोको नेतृत्व आवश्यक छ ।
हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छेलाई नेतृत्वको बागडोर थमाउन कुनै पनि किसिमको प्रलोभन र बिकाउमा नपरी आम गाउँपालिका वासीले डा चित्र मावोलाई नेतृत्वमा पु¥याउनु नै समृद्ध सिरिजङ्गा निर्माण र गाउँपालिका वासीको हितमा रहनेछ ।