January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

बलात्कारी आरोप खेपेका हिरोको समर्थनकहरूको यौन मनोविश्लेषण

२०७८ फाल्गुन २१

8.8K

-रुबन बेर्ट जोशी

त्यसो त अहिले पल शाह काण्डले धेरैको दिमाग खाइसकेको छ । सामाजिक संजाललार्र्ई ‘फटिग्ड’ बनाई सक्यो । यद्यपी यो हाइ प्रोफाइल केस हुन पुग्यो र यसको असर नेपाली जनमानसमा पछिसम्म पर्ने छ । मैले छोटकरीमा यो आश्चर्यलार्र्र्ई यौन मनोविश्लेषण गरेको छु । किन यति धेरै मान्छेहरू, अझ भलाद्मी भनाउदा र महिलाहरू समेत खुलेरै बलात्कारीको पक्षमा लागेका छन् ?

म मिडिया न्यायाधीश बन्ने कुराको बिरोधी हुँ, तर अपराधको आरोपीहरूले मच्चाएका बबन्डरलार्र्ई काउन्टर दिनैपर्छ । उसै पनि पल शाह भनिने कथित हिरोले आफै स्वीकार गरिसकेको छ, ( त्यतिबेला ती मुर्ख हिरोलार्र्ई नाबालिकसँग स्वीकृतिमै पनि यौनसम्बन्ध राख्नुहुन्न भन्ने हेक्का रहेनछ) ।

Advertisement

यो छोटो लेखमा मैले पीडितको ‘दोष’ को कुरा उल्लेख गर्न जरुरी छैन– जुन कुरा पल शाहका दीवानाहरूले उचाली रहेछन् । उनले भुल गरेकी हुन् – अपराध हैन ।

अब विश्लेषण

१.पलवादी पुरुषहरू : यी हिरोका समर्थक पुरुषहरू त्यसैपनि अति पुरुषवादी सोचले पाकेका र मस्तिष्कमा यौन कुण्ठाले ग्रस्त भएकाहरू छन् । यिनीहरू महिलालार्र्ई प्रयोग हुने वस्तुभन्दा माथि सोच्दै सोच्दैनन् । पलले पीडितमाथि गरेको यौनक्रीडा यिनीहरूको लागि “अहोभाग्य” स्वर्गीय कल्पना हो । यिनीहरू हिरोको ठाउँमा आफुलार्र्र्ई देख्ने रोग–ग्रस्तकल्पना पाल्छन् । टिकटक वा अन्य संजालमा हेर्‍यो भने यो कुरा कस्तो प्रष्ट हुन्छ । यिनीहरू मौका मिल्यो भने बलात्कार गर्न पछि पर्दैनन् ।

पितृसत्तात्मक पद्धतीको सबैभन्दा निकृष्ट वर्ग हुन् यिनीहरू । पुरुषहरूको जेनेटिक बनौटले यस्तो जैविक गुण बोकेको हुन्छ कि बढी भन्दा बढी महिलासँग सम्पर्क गरूँ । यद्दपी मानव सभ्यताको विकाशले हाम्रो मस्तिष्कलाई गुण ‘सप्रेस’ गर्ने वा दबाउने क्षमता दिएको छ र सामान्यतया औसत पुरुषहरू यौनतृष्णालार्र्र्ई बेलगाम हुन दिदैनन् । तर, यी पलवादी पुरुषहरूमा जनावरको मस्तिष्क बढी हाबी हुन्छ र कुनै पनि यौनक्रियाको मौका गुमाउन चाहँदैनन् । यिनीहरू अलिक सुस्त मनस्थितिका पनि हुन्छन्, अनि प्रचलित कानुन र त्यसको मनोबैज्ञानिक आधार बुझ्नसक्ने क्षमता तिनमा हुदैन । यिनीहरूमा कुनै नैतिकता पनि हुँदैन । खाली आफ्नो स्वार्थ पुरा गर्ने उद्देश्यमा बाँचेका हुन्छन् । चरम पलवादीहरू कै उदाहरण हो आफ्नै छोरीचेली देखि लिएर जुनसुकै उमेर, मनस्थिति र मानसिकताका महिलाहरूलार्र्ई बलात्कार गर्ने वा यौनजन्य क्रियाकलाप गर्ने मौका हेरिरहने । किनकी त्यस्तो कार्य गर्नु हुदैन भन्ने सोच यिनीहरूले जान्न र बुझ्न सक्दैनन् ।

२.पलवादी महिलाहरू : अझ बढी आश्चर्यको कुरा चाहीँ कसरी बलात्कारीको समर्थनमा कतिपय महिलाहरू आफै उत्रिए ? तर मनोबैज्ञानिक पक्षबाट यसको कारण खोतलियो भने क्लियर हुन्छ । ती पीडकको पुरुष वर्ग/मित्र जस्तै यी महिलाहरू जीवविकासको क्रममा तल्लो तह मै छन् । अर्थात ‘जनावरको गुण’ बढी हाबी छ ती महिलाहरूमा । चरम यौनकुण्ठा छ । यिनीहरूको मनमा यस्तो बिकार छ कि पल शाह जस्तो हिरोले गरेको सम्भोग पनि कसरी बलात्कार हुन्छ ! पीडितलाई त यिनीहरू ‘भाग्यमानी’ देख्छन् । त्यो कथित हिरोसँग रात बिताउनु सायद यिनीहरूको ‘अल्टिमेट’ आनन्द वा उपलब्धी हो । यिनीहरूको चेतनाले बुझ्न सक्दैन कि नाबालिक होस् वा बालिग – यिनीहरूको मस्तिष्कमा ती हिरोले सम्भोग गरिदिनु कुनै पनि महिलाको अहोभाग्यको विसय हो ।

यो नेपाली पितृ सत्तात्मक पद्धतीको लागि यिनीहरू उपयुक्त दासहरू हुन् । वास्तवमा यिनीहरू ती नाबालिगको ईष्र्यामा छन् । म त्यो ठाउँमा भएको भए कस्तो गज्जब हुन्थ्यो भन्ने मनोविकारले ग्रस्त छन्। हामीले देखिरहेको छौं कि, कतिपय शिक्षित भनौदा महिला समेत यहि मानसिकतामा छन्। यिनीहरूको संरक्षणमा रहेका नाबालिक बच्चा वा बच्चीहरू सधै यिनिहरूबाट नै जोखिममा छन् ।

मैले यो विश्लेषण चरम पलवादीहरू जुन पीडितलार्र्ई खेदो खनेर यातना दिईरहेका छन् तिनको बारेमा गरेको छु । त्यसो त पीडितको पनि केहि गल्ती त छ भन्ने सामान्य धारणाका महिला वा पुरुषहरू पनि छन् । त्यो केहि मात्रामा सहि पनि हो । तर, यस कुरालाई भुल्न किमार्थ हुदैन कि शारीरिक अंग यौनको लागि तयार भए बैज्ञानिक तथ्य छ कि नाबालिक (अझ १८ बर्ष वा अझ माथिकै पनि) हरूको सही र गलत निर्णय गर्ने अंग मस्तिष्कमा विकाश भएको हुदैन । यसर्थ चारित्रिक कसीमा बच्चाहरूलार्र्र्ई उही जांचमा राख्नु हुदैन ।

३.सामुहिक मनोविज्ञानः यो काण्डले हाम्रो अति पिछडिएको समुदायको सामुहिक मनोविज्ञानको धज्जी उडाएको छ । विदेशीहरूले देख्दैछन् कि कसरी हाम्रो ‘हिन्दुधर्म’ले सिंचित गरेको देशमा यत्रो झुण्ड खुलेर बलात्कारीको पक्षमा ज्यान दिन तयार छ ? यो हाम्रो सांकृतिक ‘फेलर’ हो ।

यदी अदालतले सहि पकड लिएन भने देश अब ‘सामाजिक र सांस्कृतिक फेल्ड स्टेट’ हुन तयार छ । हुन त महिला हिंसाको मुद्धामा अग्रस्थानमा रहेका नेपाल भारत र दक्षिण एसियामा बढी हुनुको यौटा प्रमुख कारण प्रचलित धर्म र संस्कृतिको अपभ्रंश हो । विदेशतिर यस्तो गीत सुन्नु हुन्छ ? ‘टन्नै होलान हजुर कि तरुनी’; ‘सिमल काँडे भएपछि जत्रै पनि पस्छ’; ‘बैंश राम्रो चौध र पन्ध्रमा’, ‘चकलेट दिए भुली जान्थी’, ‘तेरो दिदि काँ छ ?’ तर हाम्रो देशमा यी गीत हरूमा महिलाहरू नै टिकटक बनाएर नाच्छन् । अब धर्म संस्कृतिको गलत पक्षको आफ्नो फेहरिस्त लामो हुन जान्छ । यौटा प्रगतीशील पक्षका नारीवादीहरू छन् । जो हर यौनजन्य घटनाहरू पितृसत्तामा लगेर टुङ्ग्याउछन् । र, अहिले भैरहेको अन्यायमा ‘अब पितृसत्ता हटेपछि तिमीलार्र्र्ई न्याय दिलाउँला’ भन्ने आसयको लेख लेखेर चर्चित हुन खोज्छन् । एउटा चर्चित महिलावादीको लेख पढेको थिएँ । जसलार्र्र्ई अहिलेको मुद्दा मेन्सन गर्ने आँट भएको छैन ।