‘फु?लेन्देको बाउ’ पात्रको रुपमा परिचित मौसम इम्बुङ लिम्बु पान्थरका याङ्वरकमा जन्मिएका हुन् । मौसम लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन् । निर्देशक, कलाकार तथा याक्थुङ सांकृतिक अभियन्ता उनी सानैदेखि चलचित्र क्षेत्र मन पराउथे । इम्बुङ्ले ‘मासेमी’ चलचित्रमा निर्माण नियन्त्रक र कलाकारको भूमिका निर्वाह गरेका थिए । त्यसपछि ‘छिमेकी’, ‘बसन्त ऋतु’ को निर्देशन गरे । उनलाई सुभाङ्गी प्रथामा आधारित उनको एक चलचित्रले अवार्ड दिलायो । कैयौं म्युजिक भिडियो निर्देशन गरेका उनको पछिल्लो चलचित्र ‘घरजम’ हो । ऐतिहासिक, धार्मिक, सांकृतिक र जैविक पर्यटनमा टेवा पुगोस् भन्ने उदेश्यले करिब १ करोडको लगानिमा उनले पान्थरको याङ्वरक गाउँपालिकामा याक्थुङ सांकृतिक नमुना घर निर्माण गरिरहेका छन् । प्रस्तुत छ उनीसँगको कुराकानी :
अहिले केमा व्यस्त हुनुहुन्छ ?
म अहिले हङकङ आएको छु । जागिरमा ब्यास्त छु, तैपनि सानातिना लिम्बू सांकृतिक कामहरू गरिराखेकै छु । विशेष गरि पान्थर जिल्लाको याङ्वरकमा याक्थुङ सांकृतिक पर्यटन केन्द्र स्थापना गर्ने काममा जोडतोडले लागि परेको छु ।
याक्थुङ सांकृतिक पर्यटन केन्द्रको स्थापना बारे प्रष्ट पारिदिनुहोस् न ?
पान्थरको याङ्वरक गाँउपालिका –५ याङसिङबुङ मेरो थात्थलो पनि हो । त्यहाँ याक्थुङ सांकृतिक नमुना घर निर्माण गरिरहेको छु । याक्थुङ परम्परा बचाउने उदेश्यले उक्त नमुना घर निर्माण गरेको हुँ । यहाँको ऐतिहासिक, धार्मिक, सांकृतिक र जैविक पर्यटकीय स्थल तथा बस्तुहरूको प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने हेतुले याङवरक याक्थुङ सांकृतिक पर्यटन केन्द्र स्थापना गरिँदै छ त्यस अन्तर्गत यस नमुना घर पनि एक हो, जुन लिम्बू परम्परागत तर भुकम्प प्रतिरोधात्मक तरिकाहरू अपनाएर बनाईदै छ ।
सामुहिक लगानीमा निर्माण गर्नुभएको हो कि व्यक्तिगत ?
नितान्त व्यक्तिगत लगानीमा निर्माण गरिरहेको छु । लगभग निर्माण कार्य सकिन लाग्यो । सम्पन्न हुँदासम्म १ करोड माथि बजेट खर्च हुन्छ होला ! यो सबै खर्च मेरो व्यक्तिगत हो ।
बसाइसराइका कारण गाउँघरमा बस्ती पातलिँदै गइरहेको छ, योजना प्रभावकारी बन्ला त ?
अब बिस्तारै सबै गाउँ फर्किने वातावरण बन्दै छ । गाउँघरमा पनि यातायात शिक्षा, स्वस्थ्य, सञ्चारको पहुँच र यहाँको हावापानी राम्रो भएको कारण अब धेरै मानिसहरू गाउँ फर्किनेमा विश्वास लिएको छु । साथै आजकल नेपालमा फेमिली विकेण्ड मनाउने संस्कृतिको विकाश हुन थालेको छ । विशेष यो पर्यटन केन्द्रको उदेश्य पनि पारिवारिक बिदा मनाउनेहरूको उत्कृष्ट गन्तव्य बनोस् भन्ने नै हो ।
तपाइँ एक सफल निर्देशक त हुनुहुन्थ्यो नै, पछिल्लो समय म्युजिक भिडियोतिर पनि व्यस्त देखिनुहुन्छ । सामाजिक कामहरू पनि गरिरहनुभएको छ, आफ्नो परिचय आफै दिनुपर्दा कसरी दिनुहुन्छ ?
गीतसंगीत या जुनसुकै माध्यमबाट होस् ! मैले काम गरेको लिम्बू भाषिक सांकृतिक उत्थानका लागि हो । भविश्यमा पनि गरिरहने छु । त्यसैले लिम्बु सांकृतिक अभियन्ताको रुपमा चिन्दा ठिक होला कि !
तपाइद्धारा निर्देशित चलचित्र ‘घरजम’को देशव्यापी प्रदर्शनको कुरा के हुँदैछ ?
‘घरजम’ चलचित्र सार्वजनिक प्रदर्शनीमा लैजाने बेलादेखि कोभिड महामारी सुरु भएपछि स्थगित भएको छ । परिस्थिति सामान्य हुने बितिक्कै प्रदर्शनीमा आँउने छ ।
आन्तरिक किचलो छ भन्छन् नि ?
निर्माताहरूमा थोरै मतभेद छ, तर अहिले समाधान तिर जाँदै छ ।
तपाइले निर्देशन गर्नुभएको बजारमा आउन बाँकी अन्य चलचित्र पनि छन् ?
अहिलेलाई घरजम मात्रै हो, अरु धेरै बिषयमा धेरै चलचित्रहरू बनाउने योजना हरू छन् ।
अलिक फरक प्रसंगमा जाउँः ‘फु?लेन्देको बाउ’ भनेर तपाइँले बिकृतिहरू बारे अडियो बनाउनुहुन्थ्यो, उनै फु?लेन्देको बाउको श्रीमती अर्थात् फु?लेन्देको आमा बनेर उमेश राई चर्चित बनें । उक्त नाम र हुलिया अरुले प्रयोग गरेको खण्डमा अहिले कपिराइट लाग्छ, तपाइँको चैं दाबी रहेन ?
फु?लेन्दे लिम्बू भाषाको लोपोन्मुख नाम हो सामाजिक संजाल सुरु भएसँगै भ्वाईस मेसेज मार्फत मैले संजालमा ल्याएँ । कल्पना लावती आमा बनेर भ्वाईस मेसेज मार्फत नै चर्चामा आउनुभयो । पछि उमेश राई भाइले पनि सल्लाह मै फु?लेन्देकी आमा भएर भिडियोमा क्यारेक्टर सिर्जना गर्नुभयो । आजसम्म पनि दर्शक श्रोताहरूले यो चरित्रहरूलाई माया गरिदिनुभएकै छ । तेतिमात्रै हैन फु?लेन्देको छ्यामा, मितबोजु लगायतका चरित्रहरूलाई पनि माया गरिदिनु नै भएको छ ।जहाँसम्म कपिराईटको कुरा छ चरित्र स्थापना एउटा सृजना हो त्यो सृजनालाई बिना अनुमति अरुअरुले बनाउदै चलाउदै लानु त गलत हो, म त्यसो हुनु दिन्न ।
तपाईंले सुरु सिर्जना गर्नुभएको ‘फु?लेन्देको बाउ’ पात्र अपभ्रंश भएर ‘फुलन्देको आमा’ हुँदै अहिले ‘फुलनदेवी’ नै भइसक्यो, तपाइँले लिम्बु समाजबाट लिनुभएको यो पात्रको नाम यसरी अपभ्रंश हुँदै फुलनदेवीमा पुग्दा तपाइँलाई कस्तो लाग्छ ?
एकदम सहि प्रश्न उठाउनुभयो । यो एकदम सम्बेदनशील कुरा छ । लिम्बु भाषामा ‘फुलन्दे’ को अर्कै अर्थ लाग्छ । फुलनदेवी त झन् केहो के हो ? फु?लेन्दे नै भनेर लेख्ने उच्चारण गरिदिनुहुन योसँग सम्बन्धित सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु । ‘फु?लेन्दे’ भनेको लिम्बु भाषामा मुख ओठ ठूलो भएको कोटा मान्छे भन्ने अर्थ लाग्छ । यो पात्रको नाम सुन्दा मात्रै पनि लिम्बु भाषिहरूले आफ्नोपनको अनुभुत गर्छन् । त्यसैले यस चरित्रले लिम्बु समाजको विम्ब पनि बोकेको हुँदा नामलाई अपभ्रंश नगरिदिनुहुन अनुरोध छ ।
प्रस्तुतिः सीता तुम्खेवा