November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

सीट बाँडफाँडमा कांग्रेसले दम्भ देखायो, देश नै आफ्नो पेवा ठान्यो : अध्यक्ष नेपाल

1.7K

काठमाडौं । नेकपा एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले युवाहरूले इमानदार, कर्तव्यनिष्ठ,आत्मविश्वासी र चुनौतीको सामना गर्न सक्ने हुनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् । युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको भन्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका कार्यकर्ताहरू असल इमानदार हुनुपर्नेमा जोड दिए ।

उनले भने,‘हाम्रा हरेक कार्यकर्ता इमानदार र असल हुनेछन् । युवाहरूकै हातमा अबको राजनीति रहेको भन्दै अध्यक्ष नेपालले आफूहरू पलायन हुने धातुबाट नबनेको भन्दै अध्ययनशील चिन्तनशील र क्रियाशीलताको पार्टीले उचित कदर र जाँच गर्ने छ ।’

Advertisement

कांग्रेस परिस्थितिले ठूलो शक्ति भएपछि उस्को ठूलो स्वर भएको भन्दै जनताको शक्ति आर्जन गर्ने काममा लाग्न सम्पूर्ण कार्यकर्ताहरूलाई आव्हान गरे। अध्यक्ष नेपालले सीट बाँडफाँडमा कांग्रेसले दम्भ देखाएको भन्दै कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको बताए । अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा सबैले हेप्ने भएकाले पार्टीलाई बलियो बनाउनुपर्ने बताए । सत्ता गठबन्धनले सीट बाँडफाँडमा सहमतिको अन्तिम प्रयास जारी रहेको धारणा समेत उनले राखे ।

ओलीले उ वेला संविधान मिच्ने काम गरेर प्रतिगमन गरेको स्मरण गर्दै अध्यक्ष नेपालले अहिले पनि राष्ट्रपति भण्डारीले संविधानलाई अस्वीकार गरेको प्रसङ्ग उठान गर्दे यसतर्फ सबै सचेत हुनुपर्ने बताए ।

राष्ट्रपतिले अहिले संविधान नै उल्लंघन गरेका कारण भविष्यमा पनि कानून उल्लंघन गर्ने सम्भावना देखिएको तर्क गर्दै अध्यक्ष नेपालले नागरिकता विधेयकका विषयमा अध्यादेशमा जान नहुने धारणा पनि राखे ।