पाँचथर । राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकलाई पुन दोश्रो पटक पनि प्रमाणिकरण नगरे संविधान पालन नगरेको भन्दै पाँचथरबाट सत्ता गठबन्धका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र पठाएका छन् ।
राष्ट्रपतिको कदमले जनताले निर्वाचित गरेर पठाएको संसद र लोकतन्त्रकोे धज्जी उडाएको ज्ञापन पत्रमा भनिएको छ । संविधानको रक्षा गर्नुपर्ने ठाउँबाट संविधान माथि प्रहार भएको र लोकतान्त्रीक शासन व्यवस्थाका आधारभुत मान्यताहरुमा गम्भीर प्रहार भएको बताइएको छ ।
राष्ट्रपतिको कदमका विरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सवैधानिक व्यवस्थामा पक्षधर सबै राजनीतिक दल, युवाहरु, नागरिक समाज, बौद्धिक समुदाय, श्रमजीवि वर्ग, सञ्चार जगत लगायत सम्पूणर् नेपालीमा हार्दिक आव्हान गर्दै नागरिकता विहिन नेपाली नागरिकहरुलाई नागरिकता प्राप्त गर्ने सवैधानिक अधिकारबाट बञ्चित हुने गरी राष्ट्रपतिबाट जनताको सवैधानिक अधिकारसँग जोडिएको विषयमा खेलवाड गर्ने, वेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको कार्यकर्ता जस्तो भई पदको मर्यादा भन्दा बाहिर गई गरिएको कदमका विरुद्ध युवा संगठनहरु एकजुट भई राष्ट्रपतिले चालेको असंवैधानिक कार्यको घोर भत्र्सना गर्दै चरणवद्ध आन्दोलनका कार्यक्रमहरु समेत गर्न ज्ञापन पत्रमा भनएिको छ ।
नेपाल तरुण दल, युवा संघ नेपाल, जसपा युवा संघ वाईसीएल नेपालले संयुक्तरुप पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई ज्ञापन पत्र बुझाएका थिए ।