मेयर बालेन सार्वजनिक गरे सिंहदरबारमा फोहर नउठाउनुको भित्री कारण
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले सिंहदरबारको फोहर लहडमा नउठाएको नभइ बाराम्बरको प्रयास असफल भएपछि सो निर्णय लिनु परेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको तस्बिर सार्वजनिक गर्दै मेयर बालेनले बाध्य भएर सो कदम उठाउनु परेकोसमेत जनाएका छन् । ‘केही दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहर नउठाउने निर्णय गर्नु पर्यो...