April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल बुद्धिजीवी परिषद् र एकीकृत प्रगतिशील प्राध्यापक संगठन गठनको आधिवेशन सम्पन्न

1.7K

विराटनगर । नेकपा (एकीकृत समाजवादी)निकट नेपाल बुद्धिजीवी परिषद् (माजवादी)को प्रदेश तथा मोरङ जिल्ला अधिवेशन र एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको प्रदेश अधिवेशन विराटनगरमा सम्पन्न भएको छ । अधिवेशन शनिबार संयुक्त रूपमा विराटनगरमा सम्पन्न भएको हो ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनलाई पोलिटब्युरो सदस्य तथा प्रदेश कमिटी सचिव महेश रेग्मी, पोलिटब्युरो सदस्य राममणि पोखरेल, केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभागका सचिव अशेष घिमिरे, केन्द्रीय कमिटी सदस्य तथा प्रदेश मोर्चा संगठन प्रमुख केशव बिष्ट, केन्द्रीय सदस्य तथा कोशी प्रदेश उपसचिव सरिता खड्का लगायतले सम्बोधन गरेकी थिइन ।

कार्यक्रममा वक्ताहरूले कम्युनिस्ट पार्टी सर्वहारा वर्ग पक्षीय ज्ञान र बुद्धिमा आधारित पार्टी भएकाले, वर्ग पक्षधरताको ज्ञानकै आलोकमा कम्युनिस्ट आन्दोलन पुनर्गठनको यो अभियानमा कोशी प्रदेशका बुद्धजीवी र प्राध्यापकहरू लाग्न सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गरे ।

Advertisement

अधिवेशनले डा.दिवाकर रेग्मीको अध्यक्षतामा २१ सदस्यीय एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपाल कोशी प्रदेश कमिटी गठन गरेको छ । यसैगरि अधिवक्ता डा.मेदनीप्रसाद सेडाईंको अध्यक्षतामा २५ सदस्यीय नेपाल बुद्धिजीवी परिषद (समाजवादी) को कोशी प्रदेश कमिटी तथा वरिष्ठ अधिवक्ता प्रा.भोजराज श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय मोरङ जिल्ला कमिटी गठन गरेको छ ।

तीनै वटा निर्वाचित कमिटीलाई अध्यक्ष मण्डलका अध्यक्ष डा.उद्धव पोखरेलले सपथग्रहण गराएका थिए । अधिवेशन उद्घाटन समारोहमा पेशागत तथा बुद्धिजीवी क्षेत्रमा योगदान पुर्‍याउने ६ जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा वरिष्ठ अधिवक्ता माधवप्रसाद भट्टराई, सुकुना बहुमुखी क्याम्पसका पूर्वप्रमुख प्रेमप्रसाद भट्टराई, वरिष्ठ चिकित्सक डा.महेशप्रसाद न्यौपाने, इञ्जिनियर विन्देश्वरलाल दास, साहित्यकार पुण्यप्रसाद खरेल र पूर्व प्रधानाध्यापक विश्व कार्की थिए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत लगायतका नेताहरूले फूलमाला, अबिर, दोसल्ला तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए ।