काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।
अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने भएको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनाउने पार्टीको तयारी छ ।
यस विषयमा रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्याललाई जिज्ञासा राख्दा उहाँले यदि अडिओ आधिकारिक पुष्टि भएको खण्डमा उपयुक्त कारबाही हुने बताए ।