काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)जापानले प्रदान गर्दै आएको ‘आइएनएचओ’ छात्रवृत्तिको यस बर्षको नतिजा सार्वजनिक गरेको छ । २०२२-१२-२५ देखि २०२३-०१-२७ सम्म प्राप्त आवेदनका आधारमा ६० जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको हो ।
एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्वारा संयुक्त रुपमा हस्ताक्षरित नतिजा सार्वजनिक सम्बन्धी सूचना अनुसार प्राप्त भएका ३ सय ५२ जना आवेदक मध्ये ६० जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको हो ।
छात्रवृत्तिमा उत्तीर्णहरुले आइएनएचओ अन्तर्गतको मापदण्ड पालना गर्नुपर्ने र सोही अनुसारको सेवा सुविधा प्राप्त गर्नेछन् । उत्तीर्णहरुले २०२३-०३-१२ गते दिउसो २ बजे सेमिनारमा सहभागीता जनाउनुपर्नेछ ।

