June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

राष्ट्रपतिमा रामचन्द्र पौडेलको बलियो संभावना

२०७९ फाल्गुन ११

1.6K

काठमाडौं । राष्ट्रपतिको उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेबाट शुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार राति भएको भेटघाटपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ । तर नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् ।

कृष्ण प्रसाद सिटौलालाई उम्मेदवार बनाउन दबाब बढेको छ । किनकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिटौलालाई रुचाएको बुझिएको छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सिटौलाले अहम् भूमिका खेलेको भन्दै प्रचण्ड सिटौलातर्फ ढल्किएको पाइएको छ ।

Advertisement