November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

भिषण र झुमाको ‘स्वर्गसरी इलाम’मा १८ वटा स्थानको मनोरम दृश्य(भिडियो)

9K

काठमाडौं । ‘स्वर्गसरी इलाम’ बोलको गीत तथा पर्यटन परियोजनाको विकासको कल्पना गरी तयार पारिएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

इलाम आफैमा पर्यटकीय जिल्ला हुँदाहुदै पनि यसको महिमा र गरिमालाई अझ प्रस्ट पार्न र पर्यटकीय गन्तब्यको विकास उन्ततिका लागि इलामका उदीयमान कलाकार भिषण निरौला र झुमा निरौलाले गीत प्रस्तुत गरेका हुन् । पर्यटन परियोजनाको विकासका लागि गीत कर्णप्रिय बनेको छ ।

भिषण निरौलाको संगीत रहेको गीतमा शब्द रचना गौतम डंगोल सन्देशको रहको छ । सर्जकहरु आफै निर्माता रहेको म्युजिक भिडियोले इलामका समग्र पर्यटकीय स्थानको मनोरम दृश्यवलोकन गराएको छ । एरेन्जर प्रदीप श्रेष्ठ, रेकर्डिस्ट रदीप श्रेष्ठ, रेकर्डिग स्टुडियो भोइस पुतलीसडक, भिडियो निर्देशक अन्जन शर्मा, भिडियो निर्माता कम्पनी समिश्रण मुभिज एण्ड इन्टरटेनमेन्ट प्रालि रहेको संगीतकार एवं गायक भिषण निरौलाले जानकारी दिए ।

Advertisement

इलाम जिल्लाको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने सोचका साथ १५ जनाको सुटिङ टीमले लगातार सात दिन लगाएर इलामका १८ वटा स्थानहरु इलामबजार, इलाम चिया बगान, बिब्ल्याटे बजार, पानीटार, माइपोखरी, देउराली, नाराणस्थान, पुवाखोला, माईखोला, आइतवारे, फिक्कल बजार, पञ्चकन्या, श्रीअन्तु, कन्याम, सानो पाथीभरा, पशुपतिनगर, सेतीदेवी, साँखेजुगंको दृष्यहरु कैद गरिएको छ ।

गीतले इलामको समग्र पर्यटकीय परियोजनामा लगानी, प्रवर्धन र विकासको आब्हान सहित आम दर्शक तथा स्रोतालाई पेश गरिएको गायिका झुमा निरौलाले उल्लेख गरिन ।