November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेस प्रचण्ड सरकारमा सहभागी हुने निश्चित

1.3K

काठमाडौं । नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशरण महतले जानकारी दिएका छन।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि संसदमा विश्वासको मत लिने तयारी गरेका छन्। सरकारले संविधानको रक्षा, विकास र सम्मृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको नेपाली काग्रेसले जनाएको छ ।

Advertisement

नेपाली काग्रेसको बैठकले मन्त्रिपरिषद्मा पठाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने मापदण्ड बनाएको छ।