November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पत्रकार महासंघ काठमाडौंद्वारा ‘आदर्श पत्रकारिता पुरस्कार’ स्थापना

1.4K

काठमाडौ ।नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले एकलाख एकहजार १११ रुपैयाँ राशीको आदर्श पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।

शाखाको शुक्रबार र शनिबार गरी दुई दिन शंखरापुर, २ जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा बसेको कार्यसमितिको बैठकले पत्रकारिता क्षेत्रको विकासमा योगदान गरेका अग्रज पत्रकारलाई प्रदान गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेकोे हो । शाखाले यही २५ चैतमा हुने वार्षिक साधारण सभामार्फत सो पुरस्कार प्रदान गर्नेछ ।

बैठकले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हालै पत्रकार तथा पत्रकार महांघप्रति लक्षित गरी सार्वजनिक गरेको अभिव्यक्तिप्रति आपती प्रकट गर्दै पत्रकारिता क्षेत्रमाथि अविश्वास तथा आघात पुग्ने गरी दिएको अभिव्यक्ति अविलम्व फिर्ता लिनसमेत माग गरेको छ ।

Advertisement

यसैगरी बैठकले साधारण सभाका लागि शाखाका अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय मूल समिति गठन गरेको छ । समितिमा कार्यसमितिका पदाधिकारी, सदस्य, साधारण सदस्य रहने छन् ।

दुई दिन चलेको बैठक समसामयिक विषय, श्रमजीवी पत्रकारको समस्या, व्यवसायिक क्षमता अभिवृद्धि, लोककल्याणकारी विज्ञापनलगायत विषयमा ९ बुँदे शंखरापुर घोषणापत्र सार्वजनिक गर्दै समापन भएको शाखाका सचिव महेश्वर गौतमले जानकारी दिए ।