रक्ष राईको नयाँ ग्रन्थ ‘डायस्पोराः अवधारणा र अभ्यास’ बजारमा
काठमाडौँ । नेपाली साहित्यमा कवि तथा कथाकारका रूपमा स्थापित ब्रिटिस गोर्खा सैन्य सेवाबाट अवकाशप्राप्त रक्ष राई पछिल्लो समय विचारक तथा सिद्धान्तकारका रूपमा चिनिएका छन् । मिजास तेम्बेसँगको सहलेखनमा वि.सं. २०६८ मा ‘नवचेतनाग्रह’ नामक नितान्त नवीन सैद्धान्तिक ग्रन्थ प्रकाशनमा ल्याएका राईले तेम्बेसँगकै सहलेखनमा वि.सं. २०७२ मा ‘डायस्पोरा सिद्धान्तः सिर्जना र समालोचना’ नामक डायस्पोरिक सैद्धान्तिक ग्रन्थ प्रकाशनमा...