November 17, 2025, Monday
२०८२ मंसिर १
1:37:26 pm

धनकुटामा बस दुर्घटना हुँदा एकजना घाइते

२०८२ कार्तिक १४

510

विराटनगर । धनकुटामा बस दुर्घटना हुँदा एकजना घाइते भएको छ । शुक्रबार बिहान दमकबाट खोटाङको दिक्तेल जाँदै गरेको बस धनकुटा नगरपालिका-९ तीनघुम्तीमा परेको हो। 

प्रदेश १-०२-००२ ख ९५१९ नम्बरको बसको चक्का अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा मोरङको लेटाङ-३ की ५५ वर्षीया मीना गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।

बसमा सवार अन्य यात्रु सकुशल रहेको धनकुटाका एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

Advertisement

बसमा २७ जना यात्रु सवार थिए । घाइतेको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।