काठमाडौं । शहीदहरूको रगत नबिर्सन खबरदारी तथा जेनजी समूहहरूलाई एकताबद्ध हुन आह्वान गर्दै माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
‘जेन–जी युनाइटेड’ को नामबाट गरिएको प्रदर्शनमा युवा तथा बालबालिकाहरू र शहीद परिवारका सदस्यहरू सहभागी थिए।
हातमा ‘रगतको बलिदान बिर्सनु अपराध हो,’ ‘जेनजी एक हौँ’ जस्ता नाराहरूसहितको प्लेकार्ड लिएर ‘जेन–जी युनाइटेड’ले प्रदर्शन गरेको हो ।
उनीहरूले शान्तिपूर्ण रूपमा जुलुससहित प्रदर्शन गर्दै शहीदप्रतिको श्रद्धा र न्यायको माग गरेका थिए।