काठमाडौं । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन् ।
प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न उनीहरू वैशाखी टेकेर सिंहदरबार पुगेका हुन् ।
प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने भन्दै करिब २४–२५ जनाको टोली आइतबार सिंहदरबार पुगेको हो ।




