कामठाडौं । जेन–जी आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ ।
काठमाडौंको माइतीघरमण्डलमा आज जेन–जी युनाइटेड परिवर्तन समूहले श्रद्धाञ्जली अर्पणसहित सामूहिक भाइटिका कार्यक्रम आयोजना गरेको हो ।
सहिद परिवार, घाइते लगायतका युवाको उपस्थितिमा शहीदहरूका तस्बिरमा भाइटीका लगाइएको थियो ।
