October 25, 2025, Saturday
२०८२ कार्तिक ८
1:37:26 pm

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबिच चुनावबारे छलफल

555

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । दाहालले राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

उनले फागुन २० गते राष्ट्रिय सभाको एकतिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानबारे प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीसँग राष्ट्रिय सभाको निर्वाचनका साथै राष्ट्रिय सभा बैठक बोलाउने विषयमा पनि परामर्श भएको अध्यक्ष दाहालले जानकारी दिए ।

Advertisement