October 25, 2025, Saturday
२०८२ कार्तिक ८
1:37:26 pm

प्रधानमन्त्रीले भोलि नेपाली राजदूतहरूसँग ब्रिफिङ लिने

475

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोय प्रमुखहरूसँग ब्रिफिङ लिने भएकी छन् । परराष्ट्र मन्त्रालयको समेत विभागीय जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले बुधबार ब्रिफिङ र सरकारको प्राथमिकताबारे निर्देशन दिन लागेकी हुन् ।

पद सम्हालेपछि पहिलोपटक लिन लागेकी कार्कीको सबै राजदूत र नियोग प्रमुखहरूसँग भर्चुअल संवादको कार्यक्रम तय भएको बताइएको छ ।

परराष्ट्र मन्त्रालयले नेपालस्थित विदेशी नियोग प्रमुखहरूलाई पनि सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ । ब्रिफिङको समय चाहिँ टुंगो भइसकेको छैन ।

Advertisement