February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

एनआरएनए डेनमार्ककका आइसीसी सदस्य दीपक राज रिजालद्धारा पत्रकारहरूलाई सञ्चार सामग्री वितरण

2.2K

पाँचथर । एनआरएनए डेनमार्कको सहयोगमा पाँचथरका ५० सञ्चारकर्मीलाई सञ्चार सामाग्री प्रदान गरिएको छ ।नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा पत्रकारलाई ल्यापटपब्याग प्रदान गरिएको हो ।

पत्रकारलाई रिपोर्टिङको क्रममा ल्यापटप बोक्न साथै मोवाइल चार्ज गर्न मिल्ने प्रकारको प्रेस लेखिएको झोला वितरण गरिएको हो । गैर-आवासीय नेपाली संघका केन्द्रीय सदस्य दीपक राज रिजालले सो सामाग्री नेपाल प्रेस युनियन पाँचथर शाखाका अध्यक्ष खविन लुइटेललाई उपलब्ध गराएका हुन् ।

यस्तै, नेपाल प्रेस युनियन पाँचथर शाखाले टिसर्टसमेत वितरण गरेको छ ।

Advertisement

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पाँचथरका सबै क्रियासिल पत्रकार तथा नेपाली कांग्रेसका सभापति रुपनारायण जवेगु, निवर्तमान सभापति नरेन्द्र कुमार केरुङ, जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका प्रमुख मिज्ञ प्रसाद काफ्ले, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारी, नेपाली कांग्रेस पाँचथरका पदाधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाल प्रेस युनियन पाँचथर शाखाले वितरण गर्दै आएको स्व.देवमान केरुङ स्मृति पत्रकारिता पुरस्कार शिलापत्रमा कार्यरत पत्रकार जंग तामाङलाई प्रदान गरिएको छ भने स्व. लोकमन बास्कोटा स्मृति पत्रकारिता प्रोत्साहन पुरस्कार सुम्हात्लुङ एफ.एम. मा कार्यरत शर्मिला मुखियालाई प्रदान गरिएको छ ।

स्थापना दिवसकै अवसरमा प्रेस युनियन पाँचथर शाखाको बार्षिक साधारण सभा समेत सम्पन्न भएको शाखाका अध्यक्ष खविन लुइटेलले जानकारी दिए ।