टोकियो । जापानमा घुम्ती सेवामार्फत् राहदानी तथा अन्य कन्सुलर सेवा प्रदान गरिने भएको छ । सधैं झैं नेपाली राजदूतावास, जापानले गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् जापानसँगको सहकार्य एवं क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा घुम्ती सेवामार्फत् राहदानी तथा अन्य कन्सुलर सेवा प्रदान गर्ने भएको हो ।
एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए जापानले जापानमा रहेका नेपाली नागरिकहरुलाई दूतावासद्वारा प्रदान गरिने सेवालाई पहुँच योग्य बनाउनुका साथै सरल र सहज रुपमा प्रदान गरिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै गत वर्षदेखि सञ्चालन गरिएको घुम्ती सेवालाई यस वर्ष पनि निरनतरता दिइएकोे बताएको छ ।
‘नेपाल सरकारको नागरिकहरुप्रतिको जवाफदेहिताका लागि नेपाली दुतावासले र जापानमा रहेका नेपालीको सेवामा समर्पित रही सेवामा सहजता ल्याउन लागि एनआरएनए जापानको व्यवस्थापकीय भूमिकामा नेपाली राजदूतावास टोकियो जापानको आयोजना गैरआवासीय नेपाली संघ जापानको सहकार्य तथा क्षेत्रीय समिति कान्तो, एनआरएनए जापान क्षेत्रीय समिति चिबाको व्यवस्थापकीय सहयोग एवं जापानमा रहेका अन्य नेपाली संघसंस्थाहरुको सहयोगमा हिमालयन इन्टरनेशल स्कूल कोइबामा मिति २०२४ मे १८ र १९ र एभरेष्ट इन्टनेशनल स्कूल टोकियोमा मिति २०२४ मे २० देखि २४ सम्म सञ्चालन हुने ’टोकियो घुम्ती सेवा-२०२४’ मा विशेष गरेर नयाँ राहदानी बनाउने र नवीकरण गर्नका लागि मात्र घुम्ती सेवा संचालन गर्न लागेको व्यहोरा यसअघि नै जानकारी गराई सकिएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘जापानमा नेपालीको जनसख्या दिनप्रति बढ्दै गइरहेको र बढेको जनसङ्ख्या कै आधारमा राज्यको निकायबाट प्रदान गरिने सेवा सुविधा पनि सोही आधारमा बढ्नु स्वाभाविक नै हो। जापानमा रहेका नेपालीहरुले राहदानी नयाँ बनाउने र नवीकरण गर्नेको माग बढिरहेकोले यसलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि विशेषत टोकियो र चिबा र यस आसपासका क्षेत्रलाई केन्द्रित गरेर टोकियो घुम्ती सेवा-२०२४’ सञ्चालन मार्फत सहज सेवा प्रदान गर्न लागिएको हो ।’
एनआरएनए जापानको तर्फबाट व्यवस्थापकीय कार्य अन्तर्गत लाग्ने आर्थिक व्यवस्थापान, सेवा सञ्चालनका लागि हल व्यवस्थापन, डकुमेन्टटेशनमा सहयोग, स्वयसेवक परिचालन, जानकारी संकलनका लागि गुगल फारम तयार गरी व्यवस्थित गर्न सहयोग, सूचना तथा जानकारी सम्प्रेषणमा आवश्यक सहजिकरण गरिने पनि बताइएको छ ।
यस्तो छ, विज्ञप्तिको पूर्ण पाठ
नेपाली राजदूतावास, जापानले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानसँगको सहकार्य एवं क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा घुम्ती सेवामार्फत् राहदानी तथा अन्य कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम गर्दै आइ रहेको छ ।
जापानमा रहेका नेपाली नागरिकहरुलाई दूतावासद्वारा प्रदान गरिने सेवालाई पहुँच योग्य बनाउनुका साथै सरल र सहज रुपमा प्रदान गरिनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै गत वर्षदेखि सञ्चालन गरिएको घुम्ती सेवालाई यस वर्ष पनि निरनतरता दिइएकोे हो । नेपाल सरकारको नागरिकहरुप्रतिको जवाफदेहिताका लागि नेपाली दुतावासले र जापानमा रहेका नेपालीको सेवामा समर्पित रहि सेवामा सहजता ल्याउन लागि एनआरएनए जापानको व्यवस्थापकीय भूमिकामा नेपाली राजदूतावास टोकियो जापानको आयोजना गैरआवासीय नेपाली संघ जापानको सहकार्य तथा क्षेत्रीय समिति कान्तो, एनआरएनए जापान क्षेत्रीय समिति चिबाको व्यवस्थापकीय सहयोग एवं जापानमा रहेका अन्य नेपाली संघ संस्थाहरुको सहयोगमा हिमालयन इन्टरनेशल स्कूल कोइबामा मिति २०२४ मे १८ र १९ र एभरेष्ट इन्टनेशनल स्कूल टोकियोमा मिति २०२४ मे २० देखि २४ सम्म सञ्चालन हुने ’टोकियो घुम्ती सेवा-२०२४’ मा विशेष गरेर नयाँ राहदानी बनाउने र नवीकरण गर्नका लागि मात्र घुम्ती सेवा संचालन गर्न लागेको व्यहोरा यसअघि नै जानकारी गराई सकिएको छ ।
जापानमा नेपालीको जनसख्या दिनप्रति बढ्दै गइरहेको र बढेको जनसङ्ख्या कै आधारमा राज्यको निकायबाट प्रदान गरिने सेवा सुविधा पनि सोही आधारमा बढ्नु स्वाभाविक नै हो। जापानमा रहेका नेपालीहरुले राहदानी नयाँ बनाउने र नवीकरण गर्नेको माग बढिरहेकोले यसलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि विशेषत टोकियो र चिबा र यस आसपासका क्षेत्रलाई केन्द्रित गरेर टोकियो घुम्ती सेवा-२०२४’ सञ्चालन मार्फत सहज सेवा प्रदान गर्न लागिएको हो ।
मुख्यत एनआरएनए जापानको तर्फबाट व्यवस्थापकीय कार्य अन्तर्गत लाग्ने आर्थिक व्यवस्थापान, सेवा सञ्चालनका लागि हल व्यवस्थापन, डकुमेन्टटेशनमा सहयोग, स्वयसेवक परिचालन, जानकारी संकलनका लागि गुगल फारम तयार गरी व्यवस्थित गर्न सहयोग, सूचना तथा जानकारी सम्प्रेषणमा आवश्यक सहजिकरण गरिने छ ।
यस अवधिमा नयाँ राहदानीका लागि आवेदन र २०२४ डिसेम्बर सम्ममा राहदानीको अवधि रहेकाहरुका जापानबासी नेपाली नागरिकहरुको विभिन्न व्यवस्थापकीय कार्य सहजताका लागि अप्रिल ५ सम्ममा गुगल फारममार्फत संकलित तथ्याङ्कलाई आधार बनाएर सेवा प्रदान गरिने र सोको बारेमा विस्तृत जानकारी सहितको सूचना नेपाली दुतावासले यस अघि नै जारी गरी सकेको छ । सोहि सूचनाका आधारमा रहेको नामावली र मितिका आधारमा सेवा लिनका लागि सम्पूणर् सेवाग्राहीहरुमा विनम्रतापूर्वक अनुरोध गरिन्छ । साथै नयाँ राहदानी आवेदनका लागि र नवीकरणका लागि दुतावासको सूचनामा उल्लेख गरे अनुसारका आवश्यक सम्पूणर् कागजात सहित उपस्थितिका समेत अनुरोध गरिन्छ ।
टोकियो घुम्ती सेवा-२०२४ सञ्चालनका लागि स्वयम् सेवक भै कार्य गर्नका यस संस्थाद्वारा आह्वान गरिए अनुसार आवेदन गर्नु हुने महानुभावहरुले सहज रुपमा सेवा प्रदान गर्नका लागि समय तालिका निर्धारण कार्य बाँडफाँडसहितका आवश्यक कार्य गर्न समन्वयका लागि घुम्ती सेवा सञ्चालनका लागि एनआरएनए जापानको तर्फबाट संयोजक सुभास लामिछाने र कान्तो क्षेत्रीय समिति र चिबा क्षेत्रीय समितिका संयोजकहरुसंग निकट रहि उहाँहरूले निर्धारण गरेको योजना अनुरुप कार्य गर्नु हुनका लागि समेत आग्रह गर्दछौं । साताव्यापी सञ्चालन हुने टोकियो घुम्ती सेवा-२०२४ मा व्यवस्थापकीय तथा फारम भर्नका सहजीकरणका लागि धेरै जनशक्ति को आवश्यकता पर्ने भएकोले जापानमा रहेर क्रियाशील रहनु भएका सम्पूणर् संघ संस्थाहरुले आफ्नो संस्थाको तर्फबाट स्वयम् सेवक उपलब्ध गराइदिनु हुन औपचारिक पत्राचार समेत गरिसकेकोले सोहि बमोजिम आवश्यक कार्य गरि संयोजक सुभास लामिछानेसंग आवश्यक समन्वय गरी नामावली उपलब्ध गराई दिनु हुनका लागि समेत पुन अनुरोध गर्दछौं ।
हाम्रो उदेश्य नागरिकले सहज सरल र पहुँच योग्य रुपमा राज्यका सेवा लिन सकुन् भन्ने नै हो । तसर्थ राहदानी सम्बन्धी घुम्ती सेवा सभ्य, मर्यादित र व्यवस्थित रुपमा संचालन गर्न जापानको टोकियोबासी सम्पूणर् संघ संस्था नेपाली दाजुभाइ दिदीबहिनी लगायत सम्पूणर्मा हार्दिक अपिल समेत गर्दछौं । गुगल फारम मार्फत संकलन हुने विवरणहरु यसै घुम्ती सेवाको प्रयोजनको लागि नेपाली राजदूतावास, टोकियोले मात्र प्राप्त गर्ने र अन्य कुनै प्रयोजनमा प्रयोग नहुने समेत स्पष्ट पार्न चाहन्छौं ।
सञ्चालित यस सेवाबाट दूतावासद्वारा प्रदान गरिने सेवा मध्य मुख्य गरेर राहदानीसहित अन्य कन्सुलर सम्बन्धि सेवा लिनु हुनका लागि सम्बन्धित क्षेत्रका जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा अनुरोध समेत गर्दछौं । सेवा लिनका लागि दूतावासद्वारा जारी गरिएको सूचनामा उल्लेखित आवश्यक प्रक्रिया र कागजात पुरा गरि आउनु हुने समेत जानकारी गराइन्छ । सञ्चालित घुम्ती सेवाबाट जापानबासी नेपाली नागरिकले सहज रुपमा सेवा लिन सक्नेछन् भन्ने विश्वास हामीले लिएका छौं । आफुलाई पायक पर्ने स्थानबाट सेवा लिनु हुनका लागि समेत सूचित गर्दछौ ।
तपसिल
घुम्ती सेवा सञ्चालन हुने महिना र मिति