गैरआवासीय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषद्) द्वारा नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजनामा हुने अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । मंगलबार सम्पन्न प्रेस मिट कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका नगरप्रमुख धनराज आर्चाय र नेपाल भूतपूर्व खेलाडी मन्चका अध्यक्ष आदरणीय डिल काजी गुरूङलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला सचिव आदरणीय राधिका गुरूड (टिका), ICC सदस्य डिलरास गुरूड र सल्लाहकार सूर्य गुरूडज्यूहरूको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।
उक्त अवसरमा महिला राधिका गुरूड (टिका) ले भने, “हामी सबैको साझा उद्देश्य भनेको नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउनु हो, र यस कार्यक्रमलाई सफल बनाउन हामी प्रत्येकको प्रयास महत्वपूर्ण छ ।”
नेपाल भूतपूर्व खेलाडी मन्चले आगामी १५ फागुन २०८१ (२७ फरवरी २०२५) मा पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना गर्ने योजनामा रहेको छ, जसले पोखरा र नेपालको खेलकुदको प्रतिष्ठा विश्वभर फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।