April 16, 2025, Wednesday
२०८२ बैशाख ३
1:37:26 pm

एनआरएनएद्वारा ललितपुरका बाढी तथा डुबान प्रभावितहरूलाई राहत वितरण

945

ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाढी तथा डुबान प्रभावितहरूलाई राहत वितरण गरेको छ ।

एनआरएनएले संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका घर भई हाल ललितपूरको भैसेपाटी बस्ने १३ घरपरिवारलाई राहत वितरण गरेको हो ।

यस्तै, ललितपूरको महालक्ष्मी नगरपालिका -२ ठोस्नेखोलाका ६० परिवारलाई राहत वितरण गरिएको एनआरएनएले जनाएको छ ।

Advertisement

यस्तै, ललितपूरको कोन्ज्योसोममा पनि ३६ परिवारलाई राहत वितरण गरिएको छ ।