February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

एनआरएनए कार्यकारी तथा सचिवालयबीच सामूहिक छलफल

655

काठमाडौं । एनआरएनए कार्यकारी तथा सचिवालयबीच सामूहिक छलफल तथा कार्ययोजना बैठक सफलतापूर्वक सम्पन्न भएको छ।

बैठकमा अन्तर्राष्ट्रिय कार्यकारी पदाधिकारी सदस्यहरूर कर्मचारीहरू जुममार्फत अनलाइन तथा बैठक स्थलमै सहभागी भई संस्थाका उद्देश्यहरू, प्रभावकारी कार्यविधिहरू, र भविष्यको स्पष्ट कार्ययोजना निर्माण बनेको थियो ।

कार्यशालामा स्रोत र समयको व्यवस्थापन गर्दै विभिन्न विभागीय संरचनाबीच सहकार्य र समन्वयको पहिचान, तथा समग्र संस्था सुधारका लागि क्रस-कटिङ मुद्दाहरू सम्बोधन गर्ने विषयमा छलफल गरियो। यसले स्रोत व्यवस्थापन, समयको सही उपयोग, र प्रभावकारी सञ्चारमार्फत कार्ययोजनालाई प्रभावकारी बनाउने लक्ष्य राखेको एनआरएनएले जनाएको छ।

Advertisement

कार्यक्रममा प्रगति, मुख्य चुनौतीहरू र विश्वव्यापी नेपाली समुदायलाई सेवा पुर्‍याउन विविध प्रयासहरूलाई अझ सुदृढ पार्नका लागि आवश्यक आगामी कदमहरूको विषयमा सक्रिय छलफल भएको थियो।