काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अन्तर्राष्ट्रिय समन्वय परिषदको सिस्टममार्फत् सदस्यता लिन आग्रह गरेको छ ।
आगामी महाधिवेशनका लागि सदस्यता वितरण अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्धारण गरेको ‘मेम्बरसिप म्यानेजमेन्ट सिस्टम’मार्फत मात्रै हुनुपर्ने स्पष्ट पारेको हो ।
आगामी अक्टोबरमा हुने महाधिवेशनका लागि सदस्यता वितरण संघको विधानको अनुसूची ८(ख) अनुसार परिषदको सिस्टमबाट हुनुपर्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेको हो ।
एनआरएनएका अनुसार उक्त प्रणालीमार्फत सदस्यता वितरण भएका सदस्यहरूले मात्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा मतदान गर्न पाउने छन् ।
उम्मेदवार बन्ने वैधानिक अधिकार प्राप्त गर्न पनि सोही प्रणालीमार्फत सदस्यता लिएको हुनुपर्ने उल्लेख छ ।





