January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

श्रम तथा रोजगार सम्मेलनमा महत्वपूर्ण सहकार्य गरेको भन्दै एनआरएनए प्रति मन्त्रालयद्वारा सम्मान व्यक्त

1.1K

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा महत्वपूर्ण सहकार्य प्रदान गरेको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रति सम्मान व्यक्त गरेको छ।

सम्मेलनको सफल आयोजना र श्रम, रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा सशक्त नीति निर्माणमा योगदान पुर्‍याएको भन्दै मन्त्रालयले एनआरएनएसहित विभिन्न संघसंस्थाहरू, विज्ञ, सामाजिक साझेदार तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन तथा सम्मान प्रदान गरेको हो।

mostbet

सन् २०२५ को मार्च १० र ११ तारिखमा सम्पन्न सम्मेलनका क्रममा विभिन्न विषयमा गहन छलफल र सुझाव आदानप्रदान भएका थिए, जसमा संघका तर्फबाट अध्यक्ष डा बद्री केसीको पनि सक्रिय सहभागिता रहेको थियो। यस्तै सम्मेलनको सुरुवातदेखि नै गैरआवासीय नेपाली संघले सहकार्य गर्दै आएको थियो ।

Advertisement

सम्मेलनको प्रायोजनमा पनि संघले सहयोग गरेको थियो ।