काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिव पदमा विस्वासदीप तिगेलाले उम्मेदवारी दिएका छन्। काठमाडौको ह्यात रिजेन्सीमा सुरू भएको महाधिवेशनमा तिगेलाले उम्मेदवारी दिएका हुन् ।
सर्वोच्च अदालतबाट पुनःस्थापित गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिले वैशाख २० देखि २२ सम्म एकता महाधिवेशन तय गरेअनुसार महाधिवेशन सुरू भएको हो । परराष्ट्र मन्त्री आरजु देउवा राणाबाट समुदघाटित महाधिवेशनमा ६० देशबाट २ हजार ६४३ जना प्रतिनिधि सहभागी भएका छन् ।




