November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

क्षतिग्रस्त एनआरएनएको भवन अवलोकन

625

काठमाडौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए)ले क्षतिग्रस्त संघीय भवनको अवलोकन गरेको छ ।

भदौ २३ का दिन जेन-जीहरूले गरेको प्रदर्शन अनियन्त्रित हुँदा प्रहरीले चलाएको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएपछि २४ गते सडकमा निस्किएको भिडले देशभर आगजनी तथा लुटपाट गरेको थियो । सोही क्रममा काठमाडौंमा रहेको एनआरएनएको भवनमा पनि आगजनी गरिएको थियो ।

क्षतिग्रस्त भौतिक संरचनाहरूको पून:र्निर्माणमा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको एनआरएनएले भग्नावशेषहरूको अवलोकन कार्य सुरु गरेको हो।

Advertisement

मंगलबार गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजीना प्रधान राई र प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतको नेतृत्वमा गएको टोलीले संसद भवनमा आगजनीबाट भएको क्षतिको प्रत्यक्ष निरीक्षण गरेका हुन् ।

उक्त टोलीमा संघका सचिव स्वतन्त्र प्रताप शाहसहित केन्द्रीय कार्यालयका अन्य पदाधिकारीहरू र कर्मचारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

संघले आन्दोलनका क्रममा भएको भौतिक र आर्थिक क्षतिको मूल्यांकन गर्दै प्रभावित संरचनाहरूको पुनःनिर्माणमा सरकारलाई आवश्यक सहयोग र सहकार्य गर्नेछ।