March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

चाँडै सार्वजनिक हुँदै कवि जुनू रानाको कवितासंग्रह ‘रातो नदी’

2.7K

काठमाडौं । कवि जुनू रानाको कवितासंग्रह ‘रातो नदी’ सार्वजनिक गरिने भएको छ । बुधबार पुस्तकको कभर सार्वजनिक गर्दै चाँडै नै कवितासंग्रह पाठकमाझ आउने कवि रानाले जानकारी दिएकी छिन् ।

सन् १९९८ देखि नै हङकङ रहँदै आएकी कवि राना युवा पुस्ताकी सशक्त कवि हुन् । उनको कवितामा विषेशत: उत्पिडन, सामाजिक विषमता र विसंगतिहरू र प्रेमभाव पाइन्छन् ।

उनी कविता अलवा समाजसेवामा समर्पित छन् । उनका विभिन्न साहित्यिक पत्रपत्रिका र वेबसाइटमा फुटकर कविताहरु प्रकाशित छन् भने समसामयिक विषयमाथि लेखहरू पनि लेख्ने गर्छिन् । ‘रातो नदी’ उनको पहिलो कवितासंग्रह हो ।

Advertisement