साहित्यकार दाजु गुरुङको दोस्रो कथा सङ्ग्रह ‘लाई–सी’ विमोचित
काठमाडौं । साहित्यकार दाजु गुरुङको दोस्रो कथा सङ्ग्रह ‘लाई–सी’ विमोचित भएको छ । शनिबार बत्तिसपुतलीस्थित होटल तपसमा विमोचन भएको हो । गुरुङको पहिलो सङ्ग्रह ‘टाँकीका फूलहरू’ प्रकाशीत छ । विमोचन समारोहमा बोल्दै साहित्यकार विना थिङले दाजु गुरुङको पुस्तकहरूमा एकपछि अर्कोमा प्रगति भएको बताएकी छन् । ‘वहाँका पुस्तकहरू जुन रफ्तारमा आइरहेका छन्, एकपछि अर्को गर्दै प्रगति...