November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सीताले परिवर्तन र जनताको पक्षमा निरन्तर संघर्ष गरिरहिन्ः प्रचण्ड

590

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी स्वर्गीय श्रीमती सीता दाहालले परिवर्तन र जनताको पक्षमा निरन्तर संघर्ष गरेको बताएका छन् ।

स्वः दाहालको दोस्रो स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दैै उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘सीताले परिवर्तन र जनताको पक्षमा निरन्तर संघर्ष गरिरहिन् । उनको निष्ठा र आदर्शले हामी सबैलाई जनताको पक्षमा संघर्ष गर्न प्रेरित गरिरहनेछ !’

प्रचण्डले स्मृतिमा दाहाल परिवार र पार्टीलाई सदभाव ब्यक्त गर्नेहरुप्रति आभारसहित धन्यवाद ब्यक्त गरेका छन् ।

Advertisement

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहालको २०८० साल असार २७ गते नर्भीक अस्पतालमा निधन भएको थियो ।

वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो । वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार बनेकी थिइन् ।

पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् ।