March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

ओलीले आजसम्म पश्चाताप गरेनन्: प्रचण्ड

695

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन–जी आन्दोलन क्रममा भएको जनधनको क्षति बारे तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आजसम्म पश्चाताप नगरेको आरोप लगाएका छन् ।

बिहीबार चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भदौ २३ गते गम्भीर सुरक्षा लापरवाही घटनाको मुख्य कारक बताउँदै त्यस समयमा ओली सरकार भएको तर अहिलेसम्म पश्चाताप नभएको उनले आरोप लगाएका हुन् ।

pin up pinup

प्रचण्डले भने, ‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।’

Advertisement

त्यतिबेला कमजोरी गरेको भए पनि ओलीले अहिलेसम्म कुनै पश्चाताप नगरेको प्रचण्डको आरोप छ । उनले भने, ‘उनको कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो । तर आज पनि कुनै पश्चाताप छैन ।’