कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शेखर-गगन पक्षको धर्ना
काठमाडौं । समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा बुझाएको भन्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र गगन थापा पक्षले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । शेखर–गगन पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सभापति देउवाले डाकेर कोइराला पक्षसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी रहेका...