November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शेखर-गगन पक्षको धर्ना

2.2K

काठमाडौं । समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा बुझाएको भन्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र गगन थापा पक्षले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । शेखर–गगन पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सभापति देउवाले डाकेर कोइराला पक्षसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी रहेका बेला शेखर–गगन पक्षका नेता कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना सुरु गरेका हुन् ।

देउवाले समानुपातिकतर्फको बन्दसूची सच्याउने भन्दै बैठक डाकेपनि शेखर–गगन पक्ष विश्वस्त नभएको भन्दै धर्नामा बसेको हो । कांग्रेस नेता गुरुराज घिमिरेले आफूहरू पार्टीको विरुद्धमा नभएको भन्दै न्यायका लागि धर्नामा बसेको बताए ।

Advertisement

आगामी मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषयलाई लिएर पछिल्लो समय नेपाली कांग्रेसभित्र विवाद बढ्दै गरेको छ।

शेखर–गगन पक्षका नेताहरूले सिट बाँडफाँटमा कांग्रेसले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति देउवालाई दबाब दिँदै आएका छन्। यो समूहले सिट बाँडफाँटमा ४० प्रतिशत भाग नपाए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिँदै आएको छ।