काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । आइतबार राजधानीको रत्नराज्य विद्यालयको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।
नेता सिंहले जनस्तरमा अनुभुत हुनेगरी सरकारले काम गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै सरकारले तत्कालै विशेष अभियान सुरु गर्न आग्रह गरे । बिरामीले सिटामोल धरि भनेको समयमा पाईदै भन्ने गुनासो रहेकाले सरकारलाई गम्भीर बन्न अपिल गरे । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न आग्रह गरे ।
फरक प्रसंगमा बोल्दै मुलुकमा संकटको निकासका लागि कांग्रेस अवसर पाउँदा जिम्मेवारी बहन गरेको छ भन्दै अहिलेको आम चुनावमा कांग्रेसलाई अवसर दिने हो भने मात्रै राजनीतिक स्थायित्व आउने समेत बताए ।
मुलुकमा बेरोजगारी समस्याको समाधान स्थानीय साधन स्रोतको परिचालन पर्यटन क्षेत्रको बिकासमार्फत स्वरोजगारको सृजना गरि युवा बर्गमा रहेको निराशालाई अन्त गर्नु कांग्रेसको मुख्य ध्यान रहेको समेत बताए । स्वास्थ शिक्षामा आमूल परिवर्तनको खाँचो रहेकाले त्यसतर्फ ठोस कार्ययोजनाका साथ आफु अगाडि बढेकाले साथ दिन आग्रह गरे ।
कार्यक्रम रत्नराज्य स्कुलको सुबिधा सम्पन्न बिज्ञापन प्रयोगशालाको हस्तान्तरण गरिएको थियो भने बागमती प्रदेसका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ लगायतले बिधालयको क्षमता बिकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।