मन्त्रालय भागबन्डा सहमति नजिक, कांग्रेसबाट पूर्णबहादुर खड्काले सरकारमा नेतृत्व गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डललाई पूर्णता दिन अन्तिम तयारी गरेका छन् । सत्ता गठबन्धन आबद्ध दलबीच मन्त्रालय भागबन्डामा सहमति लगभग जुटेपछि प्रचण्ड उत्साहित छन् । गठबन्धन आबद्ध दलले सरकार विस्तार गर्न मन्त्रालय भागबन्डाको खाकासमेत बनाइसकेका छन् । शनिबार र आइतबार बसेको सत्ता गठबन्धन आबद्ध दलको अनौपचारिक बैठकमा मन्त्रालय भागबन्डाको खाका तयार गरिएको हो...