काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन्।
‘अहिलेको मेरो राजनीतिक लडाइँ नै युवाहरुको भविष्यको लागि हो। अरु मेरो कुनै स्वार्थ छैन,’ कोइरालाले भने।
नेपाल जेसिसले काठमाडौमा आयोजना गरेको ‘नेशनल काउन्सुलर एकेडेमी २०२३’ को उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता र अवसरको अभावले युवा शक्ती बिदेस पलायन भैरहेको समेत बताए। कोइरालाले युवा शक्ति पलायन हुँदा देश बिकासमा कठिनाइ भएको दुखेसो समेत पोखे।